जङ्गलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएपछि फ्रान्समा १४ हजार जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ । फ्रान्सको दक्षिण पश्चिम जङ्गलमा डढेलो फैलिएको छ।

नियन्त्रणभन्दा बाहिर गएपछि त्यहाँ घुम्न र छुट्टी मनाउनका लागि गएका पर्यटकलाई पनि फर्काउन थालिएको छ । डढेलो स्पेन, क्रोयसिया र ग्रीसमा समेत फैलिएको बीबीसीले जनाएको छ।
आगलागीकै कारण स्पेनको मिजास पहाडी क्षेत्रका ३ हजार २ सयभन्दा धेरै नागरिक भागेका छन् । पछि केही फर्किएका खबरमा उल्लेख छ । पोर्चुगलको भू-भागमा भएको आगलागी भने अहिले नियन्त्रणमा आएको छ । डढेलो, तातो हावा र गर्मीले युरोपको जनजीवन कष्ट कर बनेको छ ।
पोर्चुगलमा पछिल्लो हप्तायता गर्मीका कारण ६ सय ५९ जनाको ज्यान गएको त्यहाँको सरकारले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो ज्येष्ठ नागरिक रहेका बीबीसीले जनाएको छ ।

गीता थापा २ श्रावण २०७९, सोमबार १०:१७