मनसुनी वायुको सामान्य प्रभावले देशभर वर्षा हुने, यस्तो छ तीन दिनको मौसम

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (शनिबार) बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिक देखि सामान्यत बदली रहनेछ । देशभरका पहाडी भू–भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तो छ तीन दिनको मौसम

२०७९ असार ३२ गते (शनिबार)

दिउँसो :  देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ साउन १ गते (आइतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती :  देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ साउन २ गते (सोमबार)

दिउँसो :  देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साभार :  सेतोपाटी