गायिका सत्यकला राई पुरस्कृत

काठमाडौं । गायिका एवं प्राज्ञ सदस्य सत्यकला राई ‘प्रदेश भाषा, कला संस्कृति पुरस्कार २०७८’ बाट सम्मानित भएकी छन् । भाषा, साहित्य, कला एवं संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रदेश नं १ सरकारले उनलाई शो पुरस्कारबाट पुरस्कृत गरेको छ ।

पर्यटन तथा संस्कृति मन्त्रालयले बुधबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उनलाई नगद ५० हजारसहित पुरस्कृत गरे । दुई दशकदेखि गीत संगीत क्षेत्रमा क्रियाशील गायिकाका सयौं गीतहरू रेकर्ड भएका छन् ।

तिमीलाई हङकङ पुर्यायो आइडी काडैले, तिमी मसँग नबोल्ने अरे, पूर्वै धरान, ढडिया थापिदेऊ है साइँला, इन्टरनेटैमा लगायत उनका दर्जनौं गीतहरू निकै लोकप्रिय छन् । गायिका राई प्रदर्शनको तयारीमा रहेको फिल्म काँडेतारको कार्यकारी निर्माता पनि हुन् ।