दोषिलाई कार्वाहीको माग राखेर छिन्चु बजार बन्द

सुर्खेत । टिप्परको ठक्करबाट मृत्यु भएकी लेकवेशी नगरपालिका ५ नेटाकी १८ वर्षीय लक्ष्मी पुलामीका आफन्त तथा विद्यार्थीहरुले दोषिलाई कार्वाही गर्नुपर्ने र क्षतिपूर्तिको माग राखेर छिन्चु बजार बन्द गरेका छन् ।

सोमबार बिहानदेखी भेरीगंगा नगरपालिकाको छिन्चुमा बन्द गरेका हुन् । बन्दका कारण बजार बन्द हुनुका साथै यातायातका साधनहरू चल्न पाएका छैनन् ।

चैत्र ५ गते वीरेन्द्रनगर नगरपालिका–११ मा मृतक पुलामी सावार मोटरसाईकलाई टिप्परले ठक्कर दिएको थियो ।